आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनका लागि व्यवसायीसँग प्रधानमन्त्रीको आग्रह

आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनका लागि व्यवसायीसँग प्रधानमन्त्रीको आग्रह

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर, २ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी कच्चा पदार्थमा आधारित उद्योग व्यवसायलाई विस्तार गरी आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन गर्न उद्योगी, व्यवसायीसँग आग्रह गर्नुभएको छ ।

बिहीबार ललितपुरमा छैटौं अन्तर्राष्ट्रिय महिला व्यापार मेलाको उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री देउवाले स्वदेशी कच्चा पदार्थमा आधारित उद्योग व्यवसायलाई विस्तार गरी आयात प्रतिस्थापन तथा निर्यात प्रवद्र्धन गर्न आग्रह गर्नुभएको हो ।

प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘‘महिला उद्यमशीलता प्रवर्द्धन क्षेत्रलाई थप प्रभावकारी बनाई रचनात्मक भूमिका निर्वाह गर्न जरुरी छ । यस्ता मेलाहरुले उद्यमीहरुबाट उत्पादित वस्तु तथा सेवाको प्रचारप्रसार बिक्री वितरण र बजारीकरणका लागि महासंघले आयोजना गरेको प्रदर्शनीले सिङ्गो नेपाली महिलाको व्यावसायिक सञ्जाललाई विस्तार गर्ने सहयोग पुग्नेछ ।’’

यसले व्यवसायी र उपभोक्तासँगको सम्बन्ध र समन्वयलाई विस्तार गर्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्रीले स्वदेशमै उपलब्ध कच्चा पदार्थ, स्रोत साधनलाई अधिकतम प्रयोग गरी विदेशी मुद्राको आर्जन, रोजगारी विस्तार गर्नमा ध्यान दिनुपर्छ भन्नुभयो ।

प्रधानमन्त्रीले महिला उद्यमशीलता प्रवर्द्धन क्षेत्रलाई थप प्रभावकारी बनाई रचनात्मक भूमिका निर्वाह गर्न जरुरी रहेको पनि बताउनुभयो । प्रधानमन्त्री देउवाले यस्ता मेलाहरुले व्यावसायिक सञ्जाललाई विस्तार गर्नुका साथै व्यवसायी र उपभोक्तासँगको सम्बन्ध र समन्वयलाई प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो ।

स्वदेशमै उपलब्ध कच्चा पदार्थ, स्रोत साधनलाई अधिकतम प्रयोग गरी स्वदेशमा उत्पादित सामग्री निर्यात गर्ने र विदेशी मुद्राको आर्जन, रोजगारी विस्तार गर्नमा ध्यान दिनुपर्ने प्रधानमन्त्रीको भनाइ छ । प्रधानमन्त्री देउवाले नेपालको अर्थतन्त्रमा निजी क्षेत्रका योगदान महत्वपूर्ण रहेको भन्दै निजी क्षेत्रले नै नेपालको कुल गार्हस्थ्य उत्पादन, रोजगारीको सिर्जना बढाएको दाबी गर्नुभयो ।

उहाँले अर्थतन्त्रका समस्या र चुनौतीको सामना गर्दै अत्यावश्यक वस्तु तथा सेवाको आपूर्ति प्रणालीलाई सुचारु राख्न सरकार र निजी क्षेत्रले उचित समन्वय र सहकार्य गरेर अघि बढ्नुपर्ने खाँचो रहेको औंल्याउनुभयो ।

व्यापार मेलामा स्वदेशी कच्चा पदार्थ र नेपाली मौलिक सीपबाट उत्पादित स्वदेशी वस्तुलाई प्राथमिकतामा राखी समावेश गरेर वस्तुहरुको प्रचारप्रसार तथा लगानी विस्तार गर्न आवश्यक रहेको उहाँको भनाइ छ ।

प्रधानमन्त्रीले भन्नुभयो, ‘‘महिला उद्यमी व्यवसायी महासंघमा आवद्ध उद्यमी व्यवसायीहरुको हौसलाले स्वदेशी श्रम, सीप, कच्चा पदार्थमा आधारित उद्यम व्यवसायको व्यवस्थापन गरी आयात प्रतिस्थापन तथा निर्यात प्रवर्द्धन गर्न सहयोग पुर्‍याउन आग्रह गर्दछु ।’’

जम्ला, हुम्ला, डडेल्लधुराजस्ता विकट जिल्लाबाट पनि उद्यमशील महिलाहरु सहभागी भई आफ्ना उत्पादनहरु प्रदर्शनीमा ल्याएको जानकारी पाउँदा खुशी लागेको छ भन्दै प्रधानमन्त्रीले नेपालको अर्थतन्त्रमा निजी क्षेत्रका योगदान महत्वपूर्ण रहेको बताउनु भयो । उहाँले निजी क्षेत्रले नै नेपालको कुल गार्हस्थ्य उत्पादन, रोजगारीको सिर्जना बढेको उल्लेख गर्नुभयो ।

यस्ता मेलाले दिगो विकासको लक्ष्यमा मद्दत पुग्ने धारणा व्यक्त गर्नुहुँदै प्रधानमन्त्री देउवाले स्वदेशी उत्पदनलाई बढोत्तरी गर्न र निर्यात बढाउन सरकार आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभयो ।

प्रधानमन्त्री देउवाले थप्दै भन्नुभयो, ‘‘अर्थतन्त्रका समस्या र चुनौतीको सामना गर्दै अत्यावश्यक वस्तु तथा सेवाको आपूर्ति प्रणालीलाई सुचारु राख्न सरकारसँग निजी क्षेत्रले उचित समन्वय र सहकार्य गरेर अघि बढ्नुपर्ने खाँचो छ ।’’

यस्ता व्यापार मेलामा स्वदेशी कच्चा पदार्थ र नेपाली मौलिक सीपबाट उत्पादित स्वदेशी वस्तुहरुलाई प्राथमिकताका साथ समावेश गरेर वस्तुहरुको प्रचारप्रसार तथा लगानी विस्तार गर्न आवश्यक छ, यसले दिगो विकासको लक्ष्यमा मद्दत पुग्नेछ, यसका लागि सरकार आवश्यक सहयोग गर्न तयार छ, प्रधानमन्त्रीले भन्नुभयो ।

भदौ ६ गतेसम्म सञ्चालन हुने व्यापार मेलामा देशभरका साना तथा मझौला महिला उद्यमी, व्यापारीदेखि महिला निर्यातकर्ताका साथै अन्तर्राष्ट्रिय उद्यमी महिलाहरुको सहभागिता रहेको छ ।

नेपालमा उत्पादित वस्तु तथा हस्तकलाको आन्तरिक बजार विकास तथा निर्यात व्यापारलाई प्रवर्द्धन गर्ने उद्देश्य महासंघले राखेको छ । मेलामा हस्तकलाका सामान प्राकृतिक रेशाजन्य वस्तु, ढाका तथा घरबुनाका सामानहरु, हाते कागजका वस्तुहरु, जैविक खाद्य पदार्थ, स्वदेश तथा विदेशका खानेकुराका परिकार, कृषिजन्य उत्पादन, पुष्प सामग्री, जडिबुटी, गरगहना, सजावटका सामानका साथै विभिन्न सेवा प्रदायक संस्थाहरुका स्टल प्रदर्शनीमा राखिएका छन् ।