काठमाडौं, भदौ १० गते । मिस युनिभर्स नेपाल २०२२ को ताज सोफिया भुजेलले हात पार्न सफल हुनुभएको छ ।
काठमाडौंमा बिहीबार भएको अन्तिम प्रतिस्पर्धामा महिला हुनुको सबैभन्दा राम्रो पक्ष के हो ? भन्ने प्रश्नको जवाफ दिनुहुँदै सोफिया विजेता बन्नुभएको हो ।
विजेतासँगै अब उहाँले अन्तर्राष्ट्रिय प्रतियोगिता मिस युनिभर्सका लागि नेपालबाट प्रतिनिधि गर्नुहुने छ । उहाँले नगद १० लाख, नियो स्कुटर तथा अन्य धेरै उपहार प्राप्त गर्नुभएको छ ।
यस्तै, कार्यक्रममा विपना अधिकारी फस्ट, आस्मा केसी सेकेन्ड, सेफिना जोसुआ थर्ड र मोनालिसा पराजुली फोर्थ रनरअप हुनुभएको छ ।
प्रतिक्रिया