काठमाडौँ । मानवता प्रवद्र्धनका लागि नेपथ्य साङ्गीतिक समूहले एकमहिने मेची–काली सङ्गीत यात्रा गर्ने भएको छ । ‘मानवताका लागि सङ्गीत’ भन्ने नाराका साथ आयोजना हुन गइरहेको ‘नेपथ्य लाइभ कन्सर्ट’मा समूहले नेपालका मुख्य १० सहरमा साङ्गीतिक प्रस्तुति दिने जनाएको छ ।
साङ्गीतिक यात्रा मङ्सिर १६ गते विराटनगरबाट समुद्घाटन गर्ने गरी अन्तिम तयारी चलिरहेको आयोजकले जनाएको छ ।
एकमहिने यात्रा पुस १६ गते काठमाडौँमा साङ्गीतिक कार्यक्रम गरेर सम्पन्न हुनेछ ।
प्रतिक्रिया