सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासनको सुदृढीकरण हुनुपर्छ : देउवा

सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासनको सुदृढीकरण हुनुपर्छ : देउवा

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्व संसदीय दलका नेता शेरबहादुर देउवाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरण आजको आवश्यक रहेको बताउनुभएको छ ।

सोमबार प्रतिनिधि सभाको पहिलो बैठकलाई सम्बोधन गर्नुहुँदै सभापति देउवाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरणका लागि संविधान सुरक्षा, संविधानको भावनाअनुरूप कार्यान्वयन गर्न आवश्यक रहेको बताउनुभयो ।

उहाँले संविधानको कार्यान्वयन गर्नका लागि धेरै नीति तथा कानुन निर्माण गर्न बाँकी रहेकाले आवश्यक नीति र कानुन बनाउनुपर्ने पनि बताउनुभयो ।

उहाँले लोकतन्त्रको उन्नयनका लागि संविधान, कानुनका साथै नैतिक आचरणको विशेष महत्त्व रहेको र प्रतिनिधि सभाको यो कार्यकाल संविधानको सुरक्षा, कार्यान्वयन, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्थाको सबलीकरणका लागि विशेष काम हुने अपेक्षा गरेको पनि बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरण आजको आवश्यकता हो । यसका लागि नेपालको संविधान सुरक्षा, संविधानको भावनाअनुरूप कार्यान्वयन गर्न आवश्यक छ । संविधानको कार्यान्वयन गर्नका लागि धेरै नीति तथा कानुन निर्माण गर्न बाँकी छ ।’’

‘‘संविधानको रक्षा र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरणका लागि यस अनुरूपको आवश्यक नीति कानुन बनाउनपर्छ । लोकतन्त्रको उन्नयनका लागि संविधान, कानुनका साथै नैतिक आचरणको विशेष महत्त्व हुन्छ । प्रतिनिधि सभाको यो कार्यकाल संविधानको सुरक्षा, कार्यान्वयन, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्थाको सबलीकरणको लागि विशेष काम हुन सकोस् ।’’ पूर्व प्रधानमन्त्री देउवाले संसद्लाई सम्बोधन गर्दै भन्नुभयो ।

नेता देउवाले आगामी पाँच वर्षमा जनताको विश्वासमा ठेस लाग्न नदिने प्रतिबद्धता पनि जनाउनु भयो । उहाँले नेपाली कांग्रेसले जनताको अपेक्षा र पार्टीका कार्यकर्ताको भावनाअनुसार काम गर्ने प्रतिबद्धता पनि जनाउनुभयो ।