पाेखरा। गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारी नियुक्त हुनुभएकाे छ।
नेपालकाे संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेश सभा सदस्यका हैसियतमा अधिकारीलाई मुख्यमन्त्री नियुक्त गर्नुभएकाे हाे ।
६० सदस्यीय प्रदेश सभामा एमालेका २२, नेकपा (माओवादी केन्द्र)का ८, राप्रपाका २ र स्वतन्त्र सांसद दीपक मनाङेसहित ३३ जनाको समर्थनमा उहाँ मुख्यमन्त्री बन्नुभएकाे हाे ।
प्रतिक्रिया