काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सङ्घीयता मन्त्री र सांसद उत्पादन गर्ने कारखाना सावित भएको बताउनुभएको छ । प्रतिनिधिसभा बैठकमा दलको नेताको हैसियतले सोमबार सम्बोधन गर्दै अध्यक्ष केसीले सो कुरा बताउनुभएको हो ।
सङ्घीयताले देशको विकासभन्दा दलका नेता, मन्त्री, सांसदको विकास गरेको चर्चा गर्दै अध्यक्ष केसीले देशको विकासका लागि सबै इमानदार नहुँदासम्म देश नबन्ने उहाँले बताउनुभयो । दलका नेताहरुको ध्यान देश बनाउनेभन्दा सत्ता, मन्त्रीतर्फ केन्द्रित रहेको उहाँले टिप्पणी गर्नुभयो ।
मुलुकमा सङ्घीयता, लोकतान्त्रिक गणतान्त्रमक व्यवस्था आउँदासमेत दैनिक हजारौं युवा विदेश गइरहेको चर्चा गर्दै अध्यक्ष केसीले गणतन्त्रमा युवाहरु बाहिर जानु दुःखद भएको बताउनुभयो । जनताको अपेक्षा पूरा गर्नकै लागि गणतान्त्रिक व्यवस्था मुलुकमा ल्याइए पनि जनताले न्याय नपाएको उहाँको भनाइ छ ।
देश र जनताको भविष्यप्रति दलका नेताहरु गम्भीर नहुँदासम्म मुलुकमा वास्तविक परिवर्तन सम्भव नहुने भन्दै उहाँले मुलुकमा तिथि बसाल्न सकेमात्र समस्या समाधान हुने बताउनुभयो ।
प्रतिक्रिया