आधुनिक नेपाल निर्माणमा पुथ्वीनारायण शाहको योगदान महत्त्वपूर्ण : सभापति देउवा


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तत्कालीन राजा पुथ्वीनारायण शाहले आधुनिक नेपाल निर्माणमा महत्त्वपूर्ण योगदान रहेको बताउनुभयो छ ।

बुधबार पुथ्वीनारायण शाहको ३०१ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको सन्दर्भमा शुभकामना वक्तव्य जारी गर्नुहुँदै सभापति देउवाले सो कुरा बताउनुभएको हो ।

शाहले अवलम्वन गर्नुभएका स्वावलम्वी र आत्भनिर्भर अर्थतन्त्र, परराष्ट्र लगायतका कतिपय नीतिहरु आज पनि उत्तिकै सान्दर्भिक रहेका रहेको सभापतिको भनाइ छ ।

वक्तव्यमा भनिएको छ, ‘‘तत्कालीन समयमा छरिएर रहेका स–साना राज्यहरुलाई एकीकरण गरी सबैमा एकता कायम गर्दै आधुनिक नेपाल निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउनु भएका शाहले अवलम्वन गर्नु भएका स्वावलम्वी र आत्भनिर्भर अर्थतन्त्र, परराष्ट्र लगायतका कतिपय नीतिहरु आज पनि उत्तिकै सान्दर्भिक रहेका छन् ।’’

सभापति देउावले राष्ट्रिय एकता दिवसले पारस्परिक एकता र सद्भावलाई अगाडि बढाउन प्रेरणा प्रदान गर्न सकोस् भन्नुहुँदै सुख, शान्ति र समृद्धिको शुभकामना समेत व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस