काठमाडौं ।नबिल बैंकको ३८ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीले ३० प्रतिशत लाभांश दिने प्रस्ताव पारित गर्दै आफ्नो वार्षिक साधारण सभा पारित गरेको हो ।
लाभांश पारित भएसँगै कम्पनीले गत आर्थिक वर्ष २०७८-७९ को नाफाबाट आफ्ना लगानीकर्तालाई ३० प्रतिशत लाभांश वितरण गर्ने छ । यसअनुसार, कम्पनीका लगानीकर्ताले १८.५ प्रतिशत बोनस सेयर र ११.५ प्रतिशत नगद लाभांश वितरण गर्ने छ ।
यस्तै, बैंकले सञ्चालक समितिमा तीन जनालाई चयन समेत गरेको छ । ३ पदका लागि भएको निर्वाचनमा निर्वाण चौधरी, मलल मुर्खजी र एआरएम नजमुक शकिब सञ्चालकमा चयन भएका हुन् । लाभांश वितरणपछि नबिल बैंकको चुक्ता पूँजी २७ अर्ब रुपैयाँ पुग्नेछ ।
प्रतिक्रिया