मेयर बालेन शाह र सांसद् पौडेलबीच भेटवार्ता

मेयर बालेन शाह र सांसद् पौडेलबीच भेटवार्ता

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं महानगरपालिकाका नगरप्रमुख बालेन शाह र नेपाली कांग्रेसका नेता तथा सांसद् प्रदीप पौडेलबीच भेटवार्ता भएको छ।

भेटवार्तामा उनीहरुबीच काठमाडौँ महानगर र क्षेत्र नं ५ को विकासका लागि विभिन्न विषयमा सहकार्य गरेर अगाडि बढ्ने सहमती भएको हो।

उनीहरुबीच भएको सहमती :

१, कलंकीदेखि धोबी खोलासम्म रिङ्गरोड विस्तारलाई तीव्रता दिन आवश्यक पहल र सहकार्य गर्ने।
२, सामाखुसी करिडोर निर्माण गर्न समन्वय गर्ने र व्यवस्थित ढंगले निर्माणकार्य अघि बढाउने।
३, मेलम्ची खानेपानी विस्तारलाई महानगर भित्रका सबै घरहरूमा पुर्याउन छिटो सञ्जाल विस्तार गर्न आवश्यक सहयोग तथा सहकार्य गर्ने।
४, हाँडी गाउँलाई सांस्कृतिक सहरकारुपमा विकास गर्ने, यस क्षेत्रमा रहेको कला संस्कृतिको रक्षा गर्दै निर्माण हुने विकास कार्यमा अनिवार्यरूपमा मौलिक पहिचान झल्किने गरेर मात्रै भौतिक विकास गर्ने।
५, धुम्बाराही क्षेत्रमा वर्षाको समयमा बाढी र पानी जमेर वर्षेनी हुने समस्यालाई समाधान गर्न तत्कालै उचित निकास खोज्ने।
६, टुकुचा खोलाको पानी ओभर फ्लो भएर तथा ढलको समस्या रहेका लाजिम्पाटलगायतका क्षेत्रमा ढल निकासीका लागि उचित व्यवस्थापन गर्ने।
७, सार्वजनिकरूपमा रहेका जमिन अतिक्रमणलाई फिर्ता ल्याउन र सुरक्षाका लागि सामूहिक पहल गर्ने।