काठमाडौं । आईसीसी यू-१९ विश्वकप एसिया छनोट अन्तर्गतको अन्तिम खेलमा यूएईलाई हराउँदै नेपाल विश्वकपमा पुगेको छ ।अजमानको इडन ग्रार्डेन ओभलमा नेपालले दिएको १ सय ९२ रनको लक्ष्य पछ्याएको यूएईले ४८ ओभरमा अलआउट हुदै १ सय ८४ रन मात्र बनायो ।
यूएईका लागि इथान काल्लले ६६ बलमा ५० रन बनाउँदा आर्यान सक्सेनाले ३४ रन बनाए । आर्याश शर्माले ३२ तथा अम्मर बदामीले १९ रन बनाएत्यसअघि पहिले ब्याटिङ गरेको नेपालले ४८ ओभर ५ बलमा अलआउट हुदै १ सय ९१ रन बनायो ।
नेपालका कप्तान देव खनालले ८४ बलमा ५१ रनको अर्धशतकीय ईनिङ खेले । कप्तान खनालले ३ चौका र १ छक्का प्रहार गरेका थिए । देवले ७५ बलमा आफ्नो अर्धशतक पूरा गरेका थिए ।विशाल विक्रम केसीले ५० बलमा ३८ रन बनाए । केसीले ५ चौका प्रहार गरेका थिए ।उत्तम थापा ३६ रन बनाएर आउट भए । ६ ओभर १ बलमा ३ विकेट गुमाईसकेको नेपालका लागि थापा र कप्तान खनालले चौथो विकेटका लागि ८४ रनको साझेदारी गरेका थिए ।
दिपेश कँडेलले १५ तथा हेमन्त धामीले १३ रन बनाए ।नेपालका ओपनर दीपक बोहोरा ईनिङको पहिलो बलमा नै आउट भएका थिए । अर्का ओपनर अर्जुन कुमाल ३ तथा आकाश त्रिपाटी ९ रनमा आउट भएका छन् ।यूएईका लागि धुव्र पराशरले ३ तथा हरिस शेठ्ठी र आयान खानले समान २/२ विकेट लिए । हर्शित शेठ र अम्मर बदामीले समान १/१ विकेट लिएका छन् ।
प्रतिक्रिया