बलियो राष्ट्रिय शक्तिको नेतृत्वमा मात्रै चुनौतीलाई चिर्दै सही दिशाबोध गर्न सम्भव : अध्यक्ष ओली

बलियो राष्ट्रिय शक्तिको नेतृत्वमा मात्रै चुनौतीलाई चिर्दै सही दिशाबोध गर्न सम्भव : अध्यक्ष ओली

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले बलियो राष्ट्रिय शक्तिको जगमा मात्रै मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न सम्भव रहेको बताउनुभएको छ । आइतबार शहीद दिवसमा आज विज्ञप्ति जारी गर्नुहुँदै उहाँले झापा विद्रोह नेपाली राजनीतिक इतिहासको महत्वपूर्ण परिघटना भएको बताउनुभयो ।

कम्युनिष्ट आन्दोनलाई पुनर्गठन गर्ने उद्देश्यले भएको झापा विद्रोहका अग्रजहरु रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठलाई जेल सार्ने निहुँमा चन्द्रगढी कारागारबाट निकालेर सुखानीको जंगलमा कायरतापूर्ण ढंगले हत्या गरिएको स्मरण गरिएको छ ।

यसैक्रममा, छिन्ताङ, पिस्करकाण्ड लगायत अनेकौं जनसंघर्ष र तात्कालीन समयमा राज्यसत्ताबाट क्रुर दमन भएको तर आन्दोलनलाई पुनर्गठन, पुननिर्माण, एकीकरण, निःस्वार्थ, बलिदान समृद्व राष्ट्रका लागि झापा आन्दोलनले स्थापित गरेको मूल्य आज पनि उत्तिकै सान्दर्भिक रहेको उहाँले बताउनुभयो ।

अहिले विश्वको बदलिँदो शक्ति सन्तुलन, परिवर्तित भूराजनीति र दक्षिण एसियामा देखिएका शक्ति राष्ट्रहरुको प्रतिष्पर्धाको चर्चा गर्दै नेपाल असमान्य परिस्थितीबाट गुज्रेको उहाँले औंल्याउनुभयो । बलियो राष्ट्रिय शक्तिको नेतृत्वमा मात्रै यी चुनौतीलाई चिर्दै सही दिशाबोध गर्न सम्भव रहेको उहाँको भनाइ छ ।