झारफुकको बाहनामा कुटपिट गर्दा १४ बर्षिया बालिकाको मृत्यु

झारफुकको बाहनामा कुटपिट गर्दा १४ बर्षिया बालिकाको मृत्यु

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सालझण्डी । सामाजिक सञ्जाल Facebook मा यहिँ मिति २०७९।११।२१ गते एक महिलाले झारफुक गरी बिरामीलाई सन्चो बनाउछु भन्दै एक बालिकालाई भुईमा लडाई घोप्टो पारी बालिकाको शरिर माथि चढी (बसी) हातमा घण्टी बजाउदै गालामा थप्पड हान्ने, आईज, आ देखिस, कति खान्छस, मेरो पावर देखिस भन्दै हातमा रुद्राक्षको मालाले शरिरको बिभिन्न भागमा हान्ने, भुईमा लडाउने, टाउको र घाँटीमा खुट्टाले टेक्ने, पटक पटक जगले नाक मुखमा पानी खन्याउने, कपालमा समाई टाउको बटारी दिने, कपालमा समाई अनुहारको भागमा थुक्ने, खरानी खुवाईदिने र लछारपछार पारी कुटपिट समेत गरेको भिडियो प्रकाशन भएको फेला परेको थियो।

त्यसपश्चात तत्काल उक्त झारफुक गरी सन्चो गराउछु भन्ने महिला र पिडित बालिकाको सम्बन्धमा अनुसन्धान गरी बुझ्दै जाँदा उक्त झारफुक गरी सन्चो गराउछु भन्दै कुटपिट गर्ने महिला जिल्ला रुपन्देही सैनामैना नगरपालिका वडा नं. १० बस्ने बर्ष २२ की माता भन्ने सोनिया रेश्मी र पिडित बालिका जिल्ला रुपन्देही सैनामैना नगरपालिका वडा नं. १० बस्ने बर्ष १४ की सिता ज्ञवाली रहेको अनुसन्धानबाट खुल्न आएको हो।

तत्पश्चात ईलाका प्रहरी कार्यालय सालझण्डीबाट प्रहरी निरीक्षक जगन्नाथ मरासिनीको कमाण्डमा तत्काल उल्लेखित घटनास्थलमा गई भिडियोको आधारमा अनुसन्धान गर्दा सामाजिक सञ्जालमा प्रकाशन भएको भिडियोमा बालिकालाइ कुटपिट गर्ने महिला सैनामैना न.पा १० बस्ने २लाई उनकै घरठेगानामा फेला पारी तत्काल पक्राउ गरिएको हो ।

तत्पश्चात सोनिया रेश्मीको घरबाट बालिकालाई लछारपछार, कुटपिट गर्दा प्रयोग भएका बिभिन्न सामाग्री त्रिशुल, जग, रुद्राक्षको माला लगायतका चिजबस्तु बरामद गरिएको, मृतक सिता ज्ञवालीको घर परिवारसंग बुझ्दा बिगत ४/५ दिनदेखि सिता ज्ञवाली कान सम्बन्धी बिरामी भएकी, पटक पटक अस्पताल लगि चेकजाँच गरी औषधी सेवन गर्दा निको नभएको हुँदा माता भन्ने सोनिया रेश्मीले झारफुक गरी ठिक पार्छिन भन्ने थाहा पाई उनको घरमा लगेको कुरा अनुसन्धानबाट खुलेको छ ।

सोनिया रेश्मीले सिता ज्ञवालीलाई झारफुक गर्दै लछारपछार पारी भुईमा लडाई, कुटपिट गरेको भिडियो सामाजिक सञ्जाल (फेसबुक) मा देखिएको र सोही कुटपिटका कारण सोही ठाउँमा नै मृत्यु भएकोमा मृतक सिता ज्ञवालीको मृतक लाशलाई रातीनै दाहसस्कारको लागि घरपरिवाले कपिलबस्तु जिल्लाको लक्ष्मणघाट स्थितमा लगि दाहसस्कार (जलाएको) गरेको भनि मृतकको घरपरिवारबाट खुल्न आएपश्चात निज मृतक सिता ज्ञवालीलाई दाहसस्कारको लागि जादा र दाहसस्कार गरी फर्किदाको पुर्वपश्चिम महेन्द्रराजमार्गमा रहेका सिसिटिभिहरुको फुटेज समेत देखिएकोले सो समेतको आधारमा अनुसन्धान भैरहेको छ ।

थप अनुसन्धानको क्रममा घटना हुने दिन बिहान छोरी सिता ज्ञवालीलाई उपचारको लागि अटो रिक्सामा राखि सालझण्डी बजारमा रहेको स्थानिय मेडिकल लिएर आएको र उपचार पश्चात फिर्ता गएको भिडियो सिसिटिभि फुटेजमा समेत देखिएको छ। घटनामा प्रत्यक्ष संलग्न देखिएकोले समेत आवश्यक अनुसन्धानको लागि माता भन्ने सोनिया रेश्मीलाई ईलाका प्रहरी कार्यालय सालझण्डीमा राखी ज्यान सम्बन्धि कसुरमा ७ दिन म्याद थप भई थप अनुसन्धान भैरहेको छ ।