उपराष्ट्रपतिका उम्मेदवार रामसहाय प्रसाद यादवले शेरबहादुर देउवासँग भेटेर मागे मत

उपराष्ट्रपतिका उम्मेदवार रामसहाय प्रसाद यादवले शेरबहादुर देउवासँग भेटेर मागे मत

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । जनता समाजवादी पार्टी, नेपालबाट उपराष्ट्रपति पदका उम्मेदवार रामसहाय प्रसाद यादवले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटेर मत मागेका छन् । उपराष्ट्रपतिको निर्वाचन चैत्र ३ गते हुँदैछ । यादवले सत्ता गठबन्धनको साझा उम्मेदवारको रुपमा उम्मेदवारी दिएका हुन् ।

उनको प्रस्तावक र समर्थकमा कांग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) का सांसदहरु पनि छन् । यादवले आजमात्रै प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग पनि भेटवार्ता गरेका थिए ।

सो भेटवार्तामा पनि यादवले उपराष्ट्रपतिको निर्वाचनमा आफूलाई मत दिन आग्रह गरेका थिए । देउवा भेट्नुअघि यादवले राप्रपाका नेताहरुसँग पनि भेटवार्ता गरेको जसपाका सांसद प्रदीप यादवले जानकारी दिए । उनले सबै शीर्ष नेताहरुले निर्वाचनमा सहयोग रहने वचन दिएको जानकारी दिए ।