आइएमई पे मोबाइल टप अपमा क्यासब्याक निरन्तर

आइएमई पे मोबाइल टप अपमा क्यासब्याक निरन्तर

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । आइएमई पेले आफ्नो सेवाग्राहीलाई आइएमई पे मोबाइल वालेटमार्फत गरिने रिचार्जमा ५ प्रतिशत क्यासब्याकको अफर यथावत राखेको छ ।

टप अपमा पाँच प्रतिशत क्यासब्याक पाउने अफरबाट धेरै सेवाग्राहीलाई फाइदा पुगेको विश्वासका आधारमा यो अफरलाई यथावात राखिएको कम्पनीले जनाएको छ । यो अफरले वित्तीय साक्षरता अभिवृद्विमा महत्वपूर्ण भूमिका खेल्दै डिजिटल कारोबारमा आमसेवाग्राहीहरूलाई अभ्यस्त बनाउने विश्वास लिइएको कम्पनीको भनाइ छ ।

आम सेवाग्राहीले दुई हजार रुपैयाँ रिर्चाज गर्दा एक सय, एक हजारमा ५० रुपैयाँ र एक सयमा पाँच रुपैयाँ क्यासब्याकका साथै हरेक रिर्चाजमा पाँच प्रतिशतसम्म प्राप्त हुनेगरी व्यवस्था मिलाइएको छ । यो व्यवस्था आइएमई पेमा दर्ता भएको मोबाइल नम्बरमा पाँच प्रतिशत र दर्ता नभएको मोवाइल नम्बरमा दुई प्रतिशत कायम गरिएको कम्पनीले जनाएको छ ।