काठमाडौँ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँट गरिएको छ । बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट गरिएको हो । यो कम्पनीको एक लाख ६९ हजार ७६० कित्ता आईपीओ दुई लाख १६ हजार ९७६ जनाले प्राप्त गरेका हुन् ।
तीमध्ये पाँच जनाले थप एक/एक कित्ताका दरले आईपीओ प्राप्त गरेका छन् । १६ हजार ९७६ जनाले १० कित्ताका दरले आईपीओ पाएका छन् । आईपीओको नतिजा सीडीएस एण्ड क्लियरिङको वेबसाइट र सनराइज क्यापिटलको वेबसाइटबाट हेर्न सकिनेछ ।
कम्पनीले गएको फागुन ११ देखि १५ गतेसम्म एक लाख ६९ हजार ७६५ कित्ता आईपीओ निष्कासन गरेको थियो । एक करोड ६८ लाख १३ हजार १८० कित्ताका लागि १५ लाख ३८ हजार ४६६ जनाले आवेदन दिएका थिए । तर, दुई हजार २०३ आवेदकले प्रक्रिया नपुर्याउँदा आवेदन अस्वीकृत भएको बिक्री प्रबन्धकले जानकारी दिएको छ ।
प्रतिक्रिया