पाथीभरा माताले सबैको कल्याण गरुँन ! यो साता कस्तो रहनेछ ? हेर्नुहोस् साप्ताहिक राशिफल

पाथीभरा माताले सबैको कल्याण गरुँन ! यो साता कस्तो रहनेछ ? हेर्नुहोस् साप्ताहिक राशिफल

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

साप्ताहिक राशिफल – Weekly Horoscope
फागुन २८–चैत ४, २०७९

मेष – ARIES
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
प्रारम्भमा अवसर र चुनाैती एकसाथ आउनेछन्। जिम्मेवारी प्राप्त भए पनि वादविवादले समस्या निम्त्याउन सक्छ। साेमवार र मंगलवार अस्वस्थताको योग देखिएकाले खानपानमा सजग रहनुहोला। अर्थ अभावले सताउनेछ भने आँटेको काम स्थगित हुन सक्छ। अप्ठ्यारा कामको बोझ थपिनेछ। सहयाेगीहरू पछि हट्नाले याेजनाअनुसार काम गर्न नसकिएला। बुधवारदेखि स्थितिमा सुधार आउनेछ भने पहिलेका समस्या पनि समाधान हुनेछन्। शुभचिन्तकहरूको साथ–सहयाेग जुट्नाले लक्ष्य प्राप्ति हुने बलियाे सम्भावना छ।

वृष – TAURUS
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
सुरुमा प्रतिस्पर्धीहरूले दुःख दिनेछन्। आँटेकाे काम पनि राेकिन सक्छ। साेमवार र मंगलवार भने काममा उत्साह जाग्नेछ। व्यापारमा राम्रो आम्दानी हुनेछ । प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। मिहिनेत गर्दा राम्रै उपलब्धि प्राप्त हुनेछ। रमाइलाे भ्रमण हुन सक्छ। आतिथ्यपूर्ण सम्मान र स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। बुधवारपछि स्वास्थ्य कमजोर रहनेछ र आम्दानी घट्नेछ। आँटेका काममा बाधा हुनेछ भने अप्ठ्यारो समयमा एक्लो भइनेछ। सप्ताहान्तमा पनि साथीभाइ टाढिने, खर्च बढ्ने र काम राेकिने सम्भावना छ।

मिथुन – GEMINI
का, कि, कु, घ, ङ, छ, के, को, ह
अध्ययनकाे लगावले व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ। पुरुषार्थी काम गर्दै अप्ठ्यारा चुनौतीहरूलाई पन्छाउने समय छ। शत्रुहरूलाई तह लगाउन सकिनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउनेछ भने आँटले लक्ष्यमा पुर्याउन सक्छ। भौतिक साधन जुट्नुका साथै दिगो काम प्रारम्भ हुनेछ। व्यापारमा मनग्य फाइदा होला। मित्रता र प्रेमको बन्धन कसिनेछ। व्यवहारले अरूलाई आकर्षित गर्न सकिनेछ। रमाइलो यात्रा हुनेछ। सप्ताहान्तमा भने स्वास्थ्यका कारण काममा समस्या पर्न सक्छ। अप्ठ्याराे समयमा सहयाेगीहरू टाढा हुनेछन्।

कर्कट – CANCER
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
सुरुमा घरेलु समस्या देखापर्न सक्छन्। अरूको बहकाउले भ्रममा परिनेछ। नियमविपरीत बलजफ्ती प्रयत्न गर्दा काम बिग्रन सक्छ। साेमवारदेखि स्थितिमा सुधार आउनुका साथै विभिन्न अवसर प्राप्त हुनेछन्। अध्ययनमा प्रगति हुनेछ भने बुद्धिले लक्ष्यमा पुर्याउनेछ। मिहिनेत गर्दा धेरैलाई उछिन्ने मौका छ। आँटले काम बनाउन सकिनेछ। लगनशीलताले गुमेको प्रतिष्ठा दिलाउनेछ। उत्तरार्द्धमा प्रभावशाली व्यक्तिहरूलाई प्रतिस्पर्धामा हराउन सकिनेछ। दिगो काम प्राप्त हुनेछ। व्यवसायमा प्रगति हुनेछ। प्रियजनसँगको भेटघाटले मन उत्साहित हुनेछ।

सिंह – LEO
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
साता केही उतारचढावमाया रहनेछ। प्रारम्भमा अवसर प्राप्त भए पनि काम गर्ने वातावरण अनुकूल नहाेला। साेमवारदेखि पारिवारिक उल्झनमा परिने सम्भावना छ। साइनो गाँसी लाभ लिन खाेज्नेरूबाट सजग रहनुहाेला। घर भित्रिएको रकम अरूलाई नसुम्पनुहोला। उत्तरार्धमा व्यापार बढ्नेछ। अध्ययनमा प्रगति गर्न सकिनेछ। नयाँ काममा हात हाल्ने अवसर जुट्नेछ। प्रतीक्षा गरिएको नतिजा सकारात्मक हुनेछ। लाभदायी कामको जिम्मेवारी प्राप्त हुनेछ। प्रयत्न गर्दा देश–विदेशको यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ। शत्रु र राेगमाथि विजय प्राप्त हुनेछ।

कन्या – VIRGO
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
सुरुमा आफ्नै कमजोरीले आत्मसम्मानमा प्रश्न उठ्न सक्छ, गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला। मिहिनेत गर्दा सोमवार र मंगलवार आँटेको काम बन्नेछ। पुरुषार्थी कामले धन र मानसमेत दिलाउनेछ। छोटो समयमा लक्ष्य प्राप्त गर्न सकिनेछ। बुधवारदेखि पारिवारिक असमझदारीले समस्या निम्त्याउला। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। साइनो गाँस्नेहरूबाट पनि सजग रहनुपर्ला। परिस्थितिको बन्धनमा परिए पनि युक्तिले काम लिनेहरूलाई फाइदै हुनेछ। भौतिक साधन जुट्नाले सप्ताहान्तमा काम गर्न सकिनेछ।

तुला – LIBRA
र, रि, रु, रे, रो, ता, ति, तु, ते
बीचमा केही उल्झन आए पनि याे साता फलदायी रहनेछ। आँट गर्दा जटिल काम समेत सम्पादन हुनेछ। दिगाे काम थाल्न सकिनेछ। साेमवार र मंगलवार वादविवादमा परिने सम्भावना देखिएकाले लेनदेन र हिसाबकिताबमा सजग रहनुहोला। बुधवारपछि शुभचिन्तकहरूकाे साथ–सहयाेग जुट्नाले काम बन्नेछ, व्यापार बढ्नेछ र फाइदा हुनेछ। प्रतिस्पर्धीहरूले सम्झौताको ढोका खोल्नेछन् र मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। सप्ताहान्तमा पारिवारिक मतभेद देखापर्न सक्छ। आफ्नै सुरले काम गरे पनि अरूकाे सुझावलाई ध्यान दिनुहोला।

वृश्चिक – SCORPIO
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आकस्मिक खर्च बढ्नाले अर्थ अभावले सताउनेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। साेमवारदेखि आगन्तुकले अलमल्याउने हुँदा काम राेकिन सक्छ। खानपानकाे सन्तुलन नहुँदा स्वास्थ्यमा समस्या आउनेछ। आलोचकहरूले आत्मसम्मानमा चोट पुर्याउन सक्छन्। ठूलो भागको आशा गर्दा आफ्नो प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्, सजग रहनुहाेला। साप्ताहान्तमा स्थिति अनुकूल बन्नेछ भने प्रतीक्षा गरिएको नतिजा पनि सकारात्मक हुनेछ। लाभदायी कामको जिम्मेवारी प्राप्त हुनेछ र शुभचिन्तकहरूको सहयाेगले लक्ष्य प्राप्ति हुनेछ।

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
सञ्चित कर्मको प्रतिफल प्राप्त हुनाले साताको प्रारम्भ उत्साहवर्द्धक रहनेछ। आम्दानीले विभिन्न आवश्यकता पूरा हुनेछन्। सोमवारदेखि आयस्रोत कमजोर हुनेछ भने खर्चको मात्रा बढ्नेछ। केही धन बाहिरिनाले चिताएका काम पूरा गर्न कर्जा वा सरसापट लिनुपर्ने हुन सक्छ। खर्च लागे पनि टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। बुधवार र बिहीवार आफन्त र साथीभाइसँग रमाइलो भेटघाट हुनेछ। शुभचिन्तकहरूले साथ दिनेछन्। मिहिनेत गर्दा अभीष्ट पूरा हुन सक्छ। तर, सप्ताहान्तमा विवादमा परिने र फजुल खर्च बढ्ने ग्रहयाेग छ।

मकर – CAPRICORN
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
प्रारम्भमा व्यावहारिक कठिनाइ देखा पर्नाले ठूलो उपलब्धि नहुन सक्छ। तापनि कर्मयोगले समाजमा स्थापित गराउनेछ। साेमवार र मंगलवार व्यापार–व्यवसायमा फाइदा उठाउन सकिनेछ। प्रतिष्ठित कामले नाम र दाम दिलाउनेछ। आम्दानी बढ्नाले भाैतिक साधन जुटाउन सकिनेछ। बुधवारदेखि अरूका काममा समय खर्चनुपर्ला। अर्थ जुटाउन नसक्दा आफ्ना काम राेकिन सक्छन्। तापनि विदेश ताक्नेहरूलाई यात्राको प्रक्रिया अघि बढ्नेछ। सप्ताहान्तमा आफन्तको सहयोग जुट्नेछ। रमइलाे भेट र खानपानकाे आनन्द प्राप्त हुनेछ।

कुम्भ – AQUARIUS
गु, गे, गो, सा, सि, सु, से, सो, द
साता केही उतारचढावमय रहनेछ। समयको महत्त्व बुझ्नेहरूलाई भाग्यले राम्रो साथ दिनेछ। धर्मकर्म तथा सेवामूलक काममा प्रवृत्त भइनेछ। साेमवार र मंगलवार भने साेचेकाे परिणाम प्राप्त नहुन सक्छ। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्न सक्छन्। व्यापार, साझेदारी र सट्टापट्टामा भने लाभ मिल्नेछ। श्रमको उचित मूल्यांकन हुनेछ। तापनि सप्ताहान्तमा केही रकम हिनामिना हुने सम्भावना देखिएकाले हिसाबकिताबमा सजग रहनुहाेला। देश–विदेशको यात्रा हुन सक्छ। तर लाभांश हराउनाले मन खिन्न रहनेछ।

मीन – PISCES
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
प्रारम्भमा अस्वस्थताका बीच कामको बोझ बढ्नेछ। परिस्थितिसँग सम्झौता गर्नुपर्दा अरूको स्वार्थमा उपयोग भइनेछ, सजग रहनुहोला। साेमवारदेखि स्थिति अनुकूल बन्नुका साथै काम सम्पादन हुनेछन्। विशिष्ट व्यक्तिहरूसँगको सहकार्यले फाइदा दिलाउनेछ। सानाे प्रयत्नले दिगो काममा हात हाल्न सकिनेछ। नाेकरी र राजनीतिमा अवसर खाेज्ने समय छ। व्यापार बढ्नाले आयस्राेत पनि सबल बन्नेछ। केही रकम हिनामिना हुने सम्भावना देखिएकाले हिसाबकिताबमा सजग रहनुहाेला। सप्ताहान्त भने केही खर्चिलाे रहने देखिन्छ।

उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४ /

नेपाली पात्रो – (NEPALI PATRO – CALENDAR) हाम्रो समय, हाम्रो गौरव