काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह बेलायत प्रस्थान गरेका छन् । उनी गए राति त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थलबाट त्यसतर्फ प्रस्थान गरेका हुन् ।
काठमाडौं महानगरपालिकाले स्वस्थ्य सहर शिखर सम्मेलनमा भाग लिन मेयर शाह बेलायत प्रस्थान गरेको जनाएको छ ।
मेयर शाहसँगै स्वास्थ्य सल्लाहकार डा. जगदिश अग्रवाल, वडा २४ का अध्यक्ष बिनोद राजभण्डारी र स्वकीय सचिव भुपदेव शाह पनि बेलायत गएका छन् ।
उनले उपमेयर सुनिता डंगोललाई कार्यवाहक प्रमुखको जिम्मेवारी दिएका छन् । मेयर बालेन चैत ५ गते स्वदेश फर्किने जनाइएको छ ।
प्रतिक्रिया