काठमाडौं । नेपाली कांग्रेसले उपराष्ट्रपति पदका उमेदवार रामसहायप्रसाद यादवका पक्षमा मत गर्ने निर्णय गरेको छ ।
बुधबार केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले रामसहायका पक्षमा मतदान गर्न सांसदलाई निर्देशन दिने निर्णय गरेको हो ।
यादव जनता समाजवादी पार्टी (जसपा)का तर्फबाट उमेदवार बनेका हुन् । त्यस्तै, नेकपा एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, र प्रमीला कुमारी र जनमत पार्टीका ममता झा उपराष्ट्रपतिका उम्मेदवार छन् ।
प्रतिक्रिया