खोटाङमा एक युवकले लगाए आफ्नै शरीरमा आगो

खोटाङमा एक युवकले लगाए आफ्नै शरीरमा आगो

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

खोटाङ । खोटाङमा एक व्यक्तिले आफ्नै शरीरमा आगो लगाएका छन्। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका २८ वर्षीय भोलाकाजी बास्तोलाले शरीरमा पेट्रोल छर्किएर आगो लगाएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

शुक्रबार राति करीब ८ बजे आफ्नै शरीरमा आगो लगाएको देखेपछि परिवारका सदस्य र छिमेकीले आगो निभाएका थिए । नजिकै रहेको तालखर्क प्रहरी चौकीबाट प्रहरी टोली पुग्दा आगो नियन्त्रणमा आइसकेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक रोमन अर्यालले बताए।

जिल्ला अस्पताल दिक्तेलमा सामान्य उपचार पश्चात घाइते बास्तोलालाई थप उपचारका लागि शुक्रबार राति नै काठमाडौं लगिएको छ । श्रीमतीसँगको झगडाले बास्तोलाले आफ्नो शरीरमा आगो लगाएको प्रहरीको अनुमान छ । उनको स्वास्थ्य अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।न्युज अफ ने