कर्णाली प्रदेशमा सरकारमा कांग्रेस छिट्टै जान्छ : उपप्रधानमन्त्री खड्का

कर्णाली प्रदेशमा सरकारमा कांग्रेस छिट्टै जान्छ : उपप्रधानमन्त्री खड्का

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली कांग्रेस कर्णाली प्रदेशको सरकारमा छिट्टै जाने बताएका छन् । सुर्खेत विमानस्थलमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले केन्द्रीय गठबन्धनअनुसार कर्णालीमा चाँडै नै कांग्रेस सरकारमा जाने बताएका हुन् ।

एमालेसँगको अप्राकृतिक गठबन्धन भत्काएर प्राकृतिक गठबन्धन बनाउन सफल भएको बताउँदै मन्त्री खड्काले अब छिट्टै केन्द्र तथा प्रदेशको सरकारले पूर्णता पाउने बताए ।

‘संसद् विघटनलाई वैधानिक दिने प्रयत्न एमालेका पार्टी अध्यक्ष केपी ओलीले संसद्मा आफ्नो अभिव्यक्तमार्फत घोषणा गर्नुभयो र संवैधानिक परिपाटीलाई चुनौती दिनुभयो,’– उपप्रधानमन्त्री खड्काले बताए ।

यस्तै खड्काले चुनावमा गरेका प्रतिबद्धता र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतासामु गरेको प्रतिबद्धताअनुसार कर्णालीमा पर्याप्त बजेट उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे । कर्णाली राजमार्गलाई आगामी बजेटमा राष्ट्रिय गौरवको आयोजनामा समेट्ने उनले बताए । कर्णाली सरकारले कर्णाली करिडोर सडकको सुरुङ मार्गसहितको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) गरिसकेको उनले जानकारी गराए ।

‘मुलुकको अर्थतन्त्र ऋणात्मक बनिरहेको, कर्मचारीलाई तलब खुवाउन पनि ऋण लिनुपर्ने अवस्था रहेको छ, यसबाट मुक्त हुनका लागि सरकारले आवश्यक नीति, कार्यक्रम र बजेटको कार्यान्वयन गर्नेछ,’– उनले भने ।

सरकारका न्यूनतम साझा कार्यक्रमको जगमा नीति, बजेट तथा कार्यक्रम ल्याउने जनाउँदै उपप्रधानमन्त्री खड्काले कर्णालीको विकासमा निर्वाचनको समयमा गरेका प्रतिबद्धताका आधारमा अगाडि बढ्ने बताए ।