भ्रष्ट्राचार नियन्त्रण र सुशासन कायम पहिलो प्राथमितामा : रवि लामिछाने

भ्रष्ट्राचार नियन्त्रण र सुशासन कायम पहिलो प्राथमितामा : रवि लामिछाने

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्ट्राचार नियन्त्रण र सुशासन कायम गर्नु आफ्ने पहिलो प्राथमितामा रहेको बताएका छन् ।

चितवन-२ को उपनिर्वाचनमा दोस्रो पटक भारी मतान्तरले विजयी भएका लामिछानेले सञ्चारकर्मीसँग छोटो प्रतिक्रिया दिँदै जनताले खोजेको भ्रष्ट्राचार नियन्त्रण र सुशासन भएकोले आफूहरूले मुख्य जोड त्यसैमा रहने बताएका हुन् ।

उनले भष्ट्राचारसहित सरकारी संयन्त्र र जनताले अनुभूत हुने गरी सुशासन कायम गर्न लागिपर्ने बताए । आम अपेक्षा पनि यहीँ रहेकोले सोही अनुसार मत पाएको उनको दाबी छ ।

मंसिर ४ गतेको आम निर्वाचनबाट निर्वाचित भएका लामिछानेको नागरिकताको विषयमा अदालतले प्रक्रिया नपुगेको भन्दे उनको सांसद पद खारेज गरेको थियो । आइतबार सम्पन्न भएको उपनिर्वाचनमा लामिछानेले ५४ हजार १७६ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् ।file photo