नेपाल रेमिट र सहारा नेपालबीच रेमिट्यान्स् भुक्तानी सम्झौता, ८० भन्दा बढि शाखामार्फत भुक्तानीलिन सकिने

नेपाल रेमिट र सहारा नेपालबीच रेमिट्यान्स् भुक्तानी सम्झौता, ८० भन्दा बढि शाखामार्फत भुक्तानीलिन सकिने

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स् भित्र्याइरहेकोे नेपाल रेमिट इन्टरनेशनल प्रा.लि. र सहारा नेपालब चत तथा ऋण सहकारी संस्था लिमिटेड ‘साकोस’का बिचमा रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । सम्झौतासँगै अब विदेशबाट नेपाल रेमिट मार्फत पठाएको रेमिट्यान्स् सहारा नेपाल‘साकोस’का पूर्वी नेपालमा रहेका ८० भन्दा बढि शाखाबाट सहजै भुक्तानी लिन सकिन्छ । रेमिट्यान्स् भुक्तानी सम्बन्धी सम्झौता पत्रमा नेपाल रेमिटका तर्फबाट डिजिएम देवबहादुर थापा र सहाराको तर्फबाट प्रमुख कार्यकारी अधिकृत महेन्द्र कुमार गिरीले हस्ताक्षर गर्नुभयो ।

विगत १७वर्ष देखि रेमिट्यान्स क्षेत्रमा काम गर्दै आएको नेपाल रेमिट इन्टरनेशनल प्रा.लि.ले विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स् भित्र्याउँदै आएको छ । विशेष गरी डिजिटल रेमिट्यान्स्लाई प्राथमिकता दिदै आएको नेपाल रेमिटले नेपालमा रहेका थुप्रै बैँक तथा बित्तीय संस्थाहरुबाट ग्राहकका खातामा रियल टाइममा नै बैँक डिपोजिट हुने व्यवस्था मिलाएको छ भने देशभर रहेका १५ हजार भन्दा बढि एजेन्ट नेटवर्क मार्फत सहजै रेमिट्यान्स् भुक्तानी लिन सकिन्छ ।

सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेड ‘साकोस’ले आफ्ना सदस्यहरूलाई बैंकिङ तथा वित्तीय सेवाहरू उपलब्ध गराउँछ। यसले पूर्वी नेपालका विभिन्न जिल्लामा ८० भन्दा बढि शाखामार्फत बैंकिङ्ग सेवाप्रदानगर्दै आएको छ । साकोसले बचत खाता, ऋण,बीमातथा रेमिट्यान्स् लगायतका सेवाप्रदानगर्दै आएको छ ।