नबिल बैंकमा क्रेडिट एडमिनिस्ट्रेसन मोड्युल कार्यान्वयन

नबिल बैंकमा क्रेडिट एडमिनिस्ट्रेसन मोड्युल कार्यान्वयन

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । एसबी सोलुसन्स् प्रालिले नबिल बैंक लिमिटेडमा क्रेडिट एडमिनिस्ट्रेसन मोड्युल (क्याड मोड्युल) सफलतापूर्वक कार्यान्वयन गरेको छ । एसबी सोलुसन्स्ले बनाएको ऋण व्यवस्थापन प्रणाली, क्रेडिट एक्सको एउटा महत्वपुर्ण मोड्युल हो, क्याड मोड्युल ।

नबिल बैंकमा यो सफ्टवेयर प्रणाली कार्यान्वयन भएसँगै करिब एक वर्षदेखि यसको नियमित रुपमा उपयोग भइरहेको छ र यसले बैंकको स्वीकृति पत्रसँगै, ऋण तमसुक, प्रतिज्ञा पत्र, जमानतको लिखत आदि लगायत सम्पूर्ण कानुनी कागजातहरू छिटो र सजिलै तयार गर्दै आएको छ ।

एसबी सोलुसन्स्ले बिगत पाँच वर्षदेखि नेपालको लोन अटोमेसन र प्रोसेस अटोमेसनको क्षेत्रमा काम गर्दै आएको छ । नबिल बैंकले स्वीकृति पत्र र कानुनी कागजातहरु क्याड मोड्युलबाट तयार गर्दै गरेको एक वर्ष पूरा भएसँगै एसबी सोलुसन्स्ले आफ्नो डिजिटल लेन्डिङको यात्रामा एउटा कोसेढुंगा पार गरेको दावी गरेको छ ।

डकुमेन्ट जेनेरेसन फिचरले बैंकलाई म्यानुअल प्रक्रियाबाट कागजातहरु तयार पार्न लाग्ने समय घटाई ग्राहकलाई छिटो प्रशासनिक सेवाहरु प्रदान गर्न सहयोग गर्दै आएको छ । कम्पनीले २० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बैंक र वित्तीय संस्थालाई इनोभेटिभ लेन्डिङ अटोमेसन सोलुसन्स्हरु प्रदान गरिसकेको जनाएको छ ।

क्याड मोड्युलले स्वीकृति पत्रका जटिल अवस्था र निर्भरतालाई ह्यान्डल गर्न सक्ने गरी डिजाइन गरिएको छ । यसले संयुक्त स्वीकृति पत्र पनि सजिलै तयार गर्न सक्छ । यो प्रणालीले बैंक तथा वित्तीय संस्थाका प्रयोगकर्तालाई धेरै सहज बनाउँछ जहाँ प्रयोगकर्ताले केवल एउटा फारम भर्नु पर्छ र त्यसपछि ग्राहकअनुसार स्वीकृति पत्र सहित आवश्यक सम्पूर्ण कानुनी कागजात सिस्टमले आफैंले तयार पारिदिन्छ ।

साथै, यस प्रणालीले एपीआई कन्जुम गरी अन्य सिस्टमको डाटाहरु लिएर अंग्रेजी इनपुटलाई पनि नेपाली भाषामा अनुवाद गर्न सक्छ यसले प्रयोगकर्तालाई अझ सहज पारिदिने बताइएको छ ।