आइएमईले आइपिओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त

आइएमईले आइपिओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आइएमई लिमिटेडको आइपिओ निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड नियुक्त भएको छ।

मंगलबार आइएमईको मुख्यालय पानीपोखरीमा आयोजित कार्यक्रममा आइएमईका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल र प्रभु क्यापिटलका प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका हुन्।

आइएमईले जारी पुँजी १ अर्ब रुपैयाँको १० प्रतिशतले हुन आउने १० लाख कित्ता आइपिओ सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गर्न लागेको हो।

आईएमईले २२ वर्षदेखि रेमिटेन्स सेवा प्रदायकको काम गर्दै आएको छ।

रेमिटेन्स व्यवसायहरू मध्येबाट सबैभन्दा बढी कर तिरेको आधारमा पटक पटक ‘ठूला करदाता सम्मान’ बाट आईएमई लिमिटेड पुरस्कृत भएको बताइएको छ।