नेपाली उपभोक्तामा लोकप्रिय बन्दै महिन्द्रा स्कर्पियो

नेपाली उपभोक्तामा लोकप्रिय बन्दै महिन्द्रा स्कर्पियो

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालका अधिकांश बाटो ग्रामीण इलाकामा पर्छन् । त्यस्ता बाटोका लागि कि एसयुभी कि पिकअप उपयुक्त मानिन्छ ।अफरोड वा एडभेन्चर यात्राका लागि पिकअप नै उपयोगी हुन्छ । किनकी डबल क्याब पिकअपमा ५ यात्रुसहित सामान राख्नका लागि पछाडिको भागमा ठूलो स्पेस रहेको हुन्छ ।

नेपाली बजारमा उपलब्ध विभिन्न कम्पनीका पिकअपमध्येको एक हो ‘महिन्द्रा स्कर्पियो पिकअप’ । स्कर्पियो पिकअप फुल अप्सन गाडीको प्रोभन पर्फरमेन्स र हाई फिचर्सका कारण हालसम्म नेपालका सबै भू–भागमा ५ हजारभन्दा बढी महिन्द्रा पिकअप गाडी दौडिरहेका छन् र नेपालको लागि यस्तो उत्कृष्ट गाडी जीवनशैली र भौगोलिक हिसाबले उत्तम स्कर्पियो पिकअप विभिन्न भेरियन्ट र चार वटा रङमा उपलब्ध रहेको छ ।

सरकारी तथा गैर सरकारी क्षेत्रमा विश्वसनीय र भरपर्दो मानिएको यो पिकअप उपभोक्ताहरु माझ पनि यसको फोरह्विल्ड अफ रोड क्षमता, स्टाइलिस मोडल, उच्चस्तरको विशेषता, शक्तिशाली प्रदर्शन, अधिकतम सुरक्षा र प्रतिस्पर्धी मूल्यका कारण प्राथमिकतामा हुन सफल रहको कम्पनीको भनाइ छ ।

स्कर्पियोको लोकप्रियता नेपाली बजारमा मात्रै नभई विश्वव्यापी रुपमा ट्युनिसिया, दक्षिण अमेरिका, युरोप, अस्ट्रेलिया, एशिया र अफ्रिकाका धेरै बजारमा समेत रहेको कम्पनीले बताएको छ । स्कर्पियोको प्लेटफर्ममा बनेको महिन्द्रा पिकअपमा चार सिलिन्डरयुक्त २.२ लिटर टर्बो डिजेल एमहक इन्जिने १४० एचपी पावर र ३२० एनएम टर्क छ ।

यसमा २१० एम।एम को ग्राउण्ड क्लियरेन्सका साथै फोरह्विल्डको मद्दतले नेपालको कुनै पनि कुनामा सहजरुपमा यात्रा गर्न सकिने कम्पनीले जनाएको छ । सुरक्षाका लागि यो पिकअपमा डूअल एयरब्याग, एबीएस, रिमोर्ट कन्ट्रोल सेन्ट्रल लक लगायत विशेषता रहेका छन् । स्कर्पियो डबल क्याब पिकअप एस ६ र एस १० मा उपलब्ध छ ।

सुपथ मूल्यमा धेरै विशेषता र शक्तिशाली इन्जिन भएकाले नै बजारमा पाउने अरु पिकअपहरू भन्दा महिन्द्रा स्कर्पियो पिकअप उत्कृष्ट र आरामदायी रहेको कम्पनीको दाबी छ । महिन्द्रा स्कर्पियो पिकअपलाई नेपालमा विगत ३ दशकदेखि अग्नि इन्कर्पोरेटेडले देशको सातै प्रदेशमा बिक्री र बिक्रीपछि मर्मत सेवा प्रदान गर्दै आएको छ । हालसम्म आउँदा अग्निको ८० भन्दा बढी नेटवर्कवक, शोरूम तथा सर्भिस सेन्टरहरू देशभर उपलब्ध छन् ।