काठमाडौं । ‘समृद्धिको लागि सहकार्य”’ भन्ने नाराका साथ समृद्धि फाइनान्सले नयाँ क्यास व्याक योजना सार्वजनिक गरेको छ । उक्त योजना अन्तर्गत ग्यास तथा पानीको क्रेता र बिक्रेताले समृद्धि फाइनान्सको मोबाइल बैंकिङको क्यूआर प्रयोग गरि कारोबार गर्दा क्यास व्याकको सुविधा प्राप्त गर्नेछन् ।
जसमा ग्याँससँगै क्यास योजना अन्तर्गत फाइनान्सको मोबाइल बैंकिङको क्यूआर प्रयोग गरि ग्यासको खरिद बिक्री गर्दा प्रतिसिलिण्डर क्रेताले ५० र बिक्रेताले १० रुपैयाँ क्यास व्याक प्राप्त गर्ने फाइनान्सले जनाएको छ । त्यस्तै, पानी बचतको बानी योजना अन्तर्गत प्रत्येक पानीको जार खरिद गर्दा खरिदकर्ताले ५ रुपैयाँ क्यास व्याक प्राप्त गर्नेछन् ।
उक्त योजना सीमित अवधिको लागि हुने फाइनान्सले जनाएको छ ।
प्रतिक्रिया