रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको वार्षिक साधारसभा सम्पन्न

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको वार्षिक साधारसभा सम्पन्न

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको छैठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष उदय नेपाली श्रेष्ठको अध्यक्षतामा बैठक सम्पन्न भएको हो ।

सभाले सञ्चालक समितिको छैठौं वार्षिक प्रतिवेदन, आ.व. २०७८/०७९ को वित्तीय विवरणहरु र लेखापरीक्षकको नियुक्ति गर्ने प्रस्थावहरु सर्वसम्मतिले पारित गरेको छ । सभामा शेयरधनीहरुले उठाएका जिज्ञासाहरुको अध्यक्ष उदय नेपाली श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनीले जवाफ दिएका थिए ।

यस उपलक्ष्यमा कम्पनीलाई यहाँ सम्म पु¥याउन सहयोग गर्ने वीमित, अभिकर्ता, एजेन्सी म्यानेजर, नियमनकारी निकाय, संस्थापक, कर्मचारी, पत्रकार तथा सम्पूर्ण शुभचिन्तक तथा सरोकारवालालाई कम्पनीले धन्यवाद ज्ञापन गरेको छ।