सबैखाले ठूला भ्रष्टचारका घटना छानबिन गर्न शक्तिशाली उच्चस्तरीय छानविन समिति बनाउन बाबुराम भट्टराईको माग

सबैखाले ठूला भ्रष्टचारका घटना छानबिन गर्न शक्तिशाली उच्चस्तरीय छानविन समिति बनाउन बाबुराम भट्टराईको माग

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले ललिता निवास प्रकरणमा आफु सीआइबीलाई बयान दिन तयार रहेको बताएका छन् ।

शुक्रबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका भट्टराईले सुन प्रकरण,ललिता निवास प्रकरण तथा लडाकु शिविरमा भएको घोटलालगायतका सबैखाले ठूला भ्रष्टचारका घटना छानबिन गर्न शक्तिशाली उच्चस्तरीय छानविन समिति बनाउन माग गरे ।

‘अहिले प्रकारान्तरले छानबिनका कुरा आएका हुन् । उहाँहरु निल्नु न ओकल्नुमा हुनुहुन्छ, उहाँहरु नडराउनु भए हुन्थ्यो । म त भ्रष्टाचारका सबै फाइल खोल्नुपर्छ भन्ने पक्षमै छु । माथिदेखि नै अनुसन्धानलाई अघि बढाउनुपर्छ’, उनले भने । ‘मेरो पालामा थोरै एउटा सानो निर्णय भएको रहेछ, त्यो मेरो व्यक्तिगत कुरा थिएन,’ भट्टराईले भने, ‘म बयान दिन तयार छु।’

उनले देशको प्रमुख कार्यकारीमाथि नै प्रश्न उठेको अवस्थामा उच्चस्तरीय र निष्पक्ष छानबिनका लागि आयोग गठन गर्नु आवश्यक रहेको उल्लेख गरे। संसदमा प्रमुख विपक्षी दल नेकपा एमालेले उच्चस्तरीय छानबिन समिति गठनको माग गर्नु अधिकारको कुरा भएको भट्टराईको भनाइ छ। उनले भने, ‘सबैलाई छानबिन गर्नसक्ने हैसियत भएको आयोग भए हुन्थ्यो भन्ने हो ।’

भट्टराईले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा आफूमाथि छानबिन अघि बढे सरकारलाई सहयोग गर्ने पनि बताए।

यस प्रकरण सरकारी निकायले बोलाएमा बयान दिन तयार रहेको पनि भट्टराईलले बताए। तर यी सबै प्रकरणमा उच्चस्तरीय छानबिन समितिको आवश्यकता रहेको उनले बताएका छन्।