एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक आज पनि जारी

एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक आज पनि जारी

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। नेकपा (एमाले) को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक आज पनि जारी रहने छ। ललितपुरको गोदावरीमा शनिवारदेखि सुरु भएको बैठकमा आज पनि विभिन्न प्रतिवेदनहरू प्रस्तुत गरिदैँ छ ।

पार्टी अध्यक्ष केपी ओलीको अध्यक्षतामा भइरहेको परिषद् बैठकको पहिलो दिन राजनीतिक र साङ्गठानिक प्रतिवेदन प्रस्तुत गरेका थिए । बैठकमा केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय सल्लाहकार परिषद्का तर्फबाट प्रतिवेदन प्रस्तुत हुने छ।

बैठकमा वर्ष २०८१ लाई पार्टी शुद्धीकरण तथा सुदृढीकरण वर्षका रूपमा अभियान सञ्चालन गर्ने विस्तृत कार्ययोजना प्रस्तुत हुने छ। प्रस्तुत प्रतिवेदन र कार्ययोजनामाथि बैठकमा सहभागीले सुझाव दिनेछन्।

मुलुकको आवश्यकता, जनचाहनाअनुसार राजनीतिक स्थायित्व, दिगो शान्ति, सुशासन र समृद्धिलाई सुनिश्चित गर्न सुदृढ र निर्णायक राष्ट्रिय शक्तिका रूपमा एमालेलाई विकसित गर्न परिषद् बैठकले दिशानिर्देश गर्नेछ।