काठमाडौं।र्यापर मनोज ओलीले नेपाली समाजको यथार्थता उजागर गर्ने नयाँ र्याप सार्वजनिक गरेका छन्। “गणतन्त्रपछि पनि किन जनताको अवस्था उस्तै?” भन्ने जस्तो गम्भीर प्रश्न उठाउने उक्त र्यापमा नेपालको वर्तमान सामाजिक र राजनीतिक अवस्थाको स्पष्ट र साहसी चित्रण गरिएको छ।
गीतमा जुनसुकै ‘तन्त्र’ वा ‘वाद’ परिवर्तन भए पनि गरिबका दुःख उस्तै रहेको, धनी झन् धनी बन्दै गएको तथा राजनीतिमा पुगेकाहरूले आश्वासन बाँड्ने तर व्यवहारमा केही परिवर्तन नल्याएको यथार्थ प्रस्तुत गरिएको छ।
र्यापमा जनताको नाममा गरिएको क्रान्तिपछि पनि गरिबहरू न्यूनतम शिक्षा, स्वास्थ्य र खाद्य सुरक्षाबाट समेत बञ्चित हुनुपरेको अवस्थालाई मार्मिक ढंगले उजागर गरिएको छ। सत्ताको केन्द्रमा पुगेका नेताहरूले जनताको पक्षमा काम नगरेको तथा व्यवस्थामात्र फेरिएर अवस्था नबदलिएको कुरालाई गीतले गहिरो प्रश्न खडा गरेको छ।
गीतको भिडियोमा कलाकार मुकुन भुसालसहित अन्य कलाकारहरूको सशक्त अभिनय देख्न सकिन्छ भने निर्देशन निकेश खड्काले गरेका छन्। सामाजिक चेतना र आलोचनात्मक दृष्टिकोण प्रस्तुत गर्ने यो र्याप नेपाली संगीतप्रेमी तथा सचेत दर्शकका लागि गम्भीर सन्देश बोकेको छ।
गीत हेर्नुहोस्: YouTube लिंक



प्रतिक्रिया