नेपालले सेप्टेम्बरमा बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्ने

नेपालले सेप्टेम्बरमा बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्ने

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। नेपालले आगामी सेप्टेम्बर ६ र ९ मा बंगलादेशसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल खेल्ने भएको छ।

दुवै खेल काठमाडौंको दशरथ रंगशालामा आयोजना हुनेछ। यी खेल फिफा अन्तर्राष्ट्रिय विन्डोको अन्तर्गतमा पर्छन्। खेल एएफसी एसियन कप छनोट तयारीस्वरुप खेल्न लागिएको हो।

एसियन कप छनोटमा नेपाल समूह ‘एफ’ मा मलेसिया, लाओस र भियतनामसँग छ। समूह चरणमा नेपालले हालसम्म दुई खेल खेलेको छ। तर, दुवैमा हार बेहोरेको छ र अंक तालिकामा पुछारमा छ।

नेपालले अक्टोबर ९ मा समूह चरणको तेस्रो खेलमा भियतनामसँग उसको घरेलु मैदानमा प्रतिस्पर्धा गर्ने तालिका छ।