नेपाल बैंक र लेट मि इनबिच सम्झौता

नेपाल बैंक र लेट मि इनबिच सम्झौता

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूलाई नयाँ बानेश्वर अवस्थित लेट मि इन प्रा.लि.मा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।

सो सम्झौता बमोजिम लेट मि इन प्रा.लि. को कोरियन प्रविधिबाट प्रदान गरिने विविध एस्थेटिक्स सम्बन्धी सेवाहरूमा लाग्ने शुल्कहरूमा नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू र ग्राहकहरूले विभिन्न उपचार सेवामा ८ देखि १५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।

सम्झौता पत्रमा बैकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र लेट मि इन प्रा.लि. को तर्फबाट प्रबन्ध निर्देशक डोङ्ग सु माले हस्ताक्षर गरेका हुन् ।