सरकारलाई अपेक्षित गतिमा लोकप्रिय बनाउन सकिएनः महामन्त्री शर्मा

सरकारलाई अपेक्षित गतिमा लोकप्रिय बनाउन सकिएनः महामन्त्री शर्मा

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारलाई अपेक्षित गतिमा लोकप्रिय बनाउन नसकिएको बताएका छन् । आज (सोमबार) केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै उनले सरकारको बारेमा गम्भीर रुपमा समीक्षा गर्ने बेला आएको बताएका हुन् ।

उनले कांग्रेस पहिला दल भए पनि कहिले तेस्रो त कहिले दोस्रो दलको पछि लागेर सरकार बनाउन परेको उनले बताए । उनले भने, ‘केही राम्रा कामहरू सरकारले गरेको छ । त्यसलाई स्वीकार गर्नुपर्छ । तर, सरकारलाई अपेक्षित गतिमा लोकप्रिय बनाउन सकिएको छैन । त्यसलाई पनि गम्भीर समीक्षा गर्नुपर्छ ।’

कांग्रेसमा पछिल्लो समय सरकारको काम कारबाहीलाई लिएर असन्तुष्टि चुलिएको छ । मन्त्रीहरुले पर्फरमेन्स देखाउन नसकेको, डेलिभरी दिन नसकिएको, सुशासन कायम गर्न नसकिएको, संविधान संशोधनको एजेण्डा अगाडि बढाउन नसकिएको लगायतका विषयहरु कांग्रेस केन्द्रीय समिति बैठकमा उठेका छन् ।