देउवाको अभिव्यक्ति : “मलाई कसैले भनेर पनि मैले गर्ने होइन”

देउवाको अभिव्यक्ति : “मलाई कसैले भनेर पनि मैले गर्ने होइन”

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आफू ‘अप्ठ्यारो मान्छे’ भएको टिप्पणी गरेका छन्। पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा आसन्न १५औं महाधिवेशनको विषयमा चलिरहेको बहसको क्रममा देउवाले यस्तो अभिव्यक्ति दिएका हुन्।

बैठकमा पार्टी विधान र संविधानअनुसार महाधिवेशनको म्याद थप्ने विषय उठेको थियो। सो क्रममा देउवाले स्पष्ट रूपमा भने, “पार्टीको विधानअनुसार एक वर्ष र संविधानअनुसार ६ महिना बढाउन सकिन्छ, त्यो त पाइन्छ नै भनेको हो नि। मैले संविधानको कुरा गरेको हो, संविधान मान्ने कुरा गरेको हो।”

आफूलाई कसैले के गर्न भन्ने अधिकार नरहेको संकेत गर्दै देउवाले थपे, “म के गर्छु भन्ने मेरो कुरा हो। मलाई कसैले भनेर पनि मैले गर्ने होइन क्यारे, हेर्नुस्। म त अप्ठ्यारो मान्छे हुँ।”

उनको यो भनाइले पार्टीभित्रको नेतृत्वको शैली, निर्णय प्रक्रियामा देखिएको अनिश्चय र व्यक्तिगत निर्णयप्रतिको निर्भरतालाई समेत संकेत गरेको राजनीतिक विश्लेषकहरू बताउँछन्।

देउवाको उक्त अभिव्यक्तिपछि पार्टीभित्र फेरि नेतृत्वको भूमिकालाई लिएर बहस चर्किने अनुमान गरिएको छ। नेपाली कांग्रेसको १५औं महाधिवेशन कहिले हुने भन्ने विषय अझै स्पष्ट भइसकेको छैन।