हिमालयन शेर्पाको पहिलो जित

हिमालयन शेर्पाको पहिलो जित

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। हिमालयन शेर्पा क्लबले एन्फा यु-१६ युथ लिगमा पहिलो जित हात पारेको छ।

सातदोबाटोस्थित एन्फ कम्प्लेक्समा सोमबार सम्पन्न खेलमा शेर्पाले श्री भगवती क्लबलाई ३-१ ले पराजित गरेको हो।

जितसँगै शेर्पाले २ खेलमा ३ अंक जोडेको छ। दुवै खेलमा पराजित श्री भगवती अंकविहीन छ।

शेर्पालाई जित दिलाउन कप्तान प्रदीप खत्री, विष्णु सुनुवार र जेनिल सुब्बाले गोल गरे।

श्री भगवतीका अनिल गुरुङले गोल फर्काए।