फ्रेन्ड्सको जितमा मन्दीपको ५ गोल

फ्रेन्ड्सको जितमा मन्दीपको ५ गोल

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। फ्रेन्ड्स क्लबले एन्फा यु–१६ युथ लिगमा साबिक विजेता चर्च ब्वाइज युनाइटेडमाथि गोलको वर्षा गरेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार सम्पन्न खेलमा फ्रेन्ड्स ७–० ले विजयी भएको हो।

फ्रेन्ड्सको जितमा मन्दीप ढुंगेल एक्लैले ५ गोल गरे। सुनील केसी र ऋषभ पुनले समान १ गोल थपे। योसँगै फ्रेन्ड्सले विजयी सुरुआत गरेको छ।

कार्डको वर्षा भएको खेलको पहिलो मिनेटमै सुनीलको गोलमार्फत फ्रेन्ड्सले सुरुआती अग्रता लिएको थियो। त्यसपछि १६,१७ र ३८औं मिनेटमा मन्दीपले गोल गर्दै ह्याट्रिक पूरा गरे।

उनी यतिमै रोकिएनन्। दोस्रो हाफमा पनि उनले गोल गरे। ५८औं र ८७औं मिनेटमा उनले गोल गर्दा फ्रेन्ड्सले ६–० को फराकिलो अग्रता लिइसकेको थियो।

इन्जुरी समयमा ऋषभले पनि गोल थपेसँगै फ्रेन्ड्स ७–० ले विजयी भयो।