एनआईसी एसिया बैंक–एनसीएचएल सम्झौता

एनआईसी एसिया बैंक–एनसीएचएल सम्झौता

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं एनआईसी एसिया बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल)बीच नेपाल भ्रमणमा आएका अली पे नेटवर्क प्रयोग गर्ने पर्यटकलाई नेपालपे क्युआर मर्चेन्टमा सोझै भुक्तानी सुविधा उपलब्ध ग राउने सम्झौता भएको छ ।

सम्झौतामा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत जयन्द्र रावल र नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरे ।

सम्झौतापछि भुक्तानी प्रणाली सेवाप्रदायक अली पेमा जोडिएका ११ बढी मुलुकका नागरिक नेपाल आउँदा आफ्नो देशको वालेट वा बैंकिङ एपमार्फत एनआईसी एसियाले उपलब्ध गराएको नेपाल पे क्यूआर मर्चेन्टमा सोझै भुक्तानी गर्न सक्नेछन् ।

अली पे नेटवर्कमा हाल चीन, हङकङ, सिंगापुर, मलेसिया, फिलिपिन्स, मंगोलिया, थाइल्यान्ड, दक्षिण कोरिया, इटाली, मकाओ, जर्मनीलगायत देशका विभिन्न बैंक तथा भुक्तानी प्रदायक आबद्ध छन् ।