संविधान संशोधनका लागि कार्यदल गठन गर्ने कांग्रेसको निर्णय

संविधान संशोधनका लागि कार्यदल गठन गर्ने कांग्रेसको निर्णय

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसले संविधान संशोधनको विषयलाई निष्कर्षमा पुर्‍याउन कार्यदल गठन गर्ने निर्णय गरेको छ। केन्द्रीय कार्यसमिति बैठकले कार्यदलले राजनीतिक दल, विज्ञ, नागरिक समाजसँग संवाद गर्ने जनाएको छ।

प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार कार्यदल संविधान संशोधनबारे छलफल अगाडि बढाउनेछ। बैठकमा सुन बिक्री प्रणालीको एकाधिकार खारेज गर्न, विपत् व्यवस्थापनमा सरकारलाई आग्रह गर्न, एसइई नतिजा सकारात्मक देखिएको भन्दै शिक्षा नीतिमा सुधार आवश्यक रहेको बताइएको छ।

साथै, चिकित्सक सङ्घसँग वार्ता, मधेसको सुक्खा समाधान, उखु किसान भुक्तानी, सहकारीका पीडितको बचत फिर्ता, निजामती विधेयकका गडबडी छानबिन, र हिमाल आरोहीलाई पेन्सनको माग गरिएको छ। विद्यालय शिक्षा विधेयक टुंग्याउन पनि सरकारलाई ध्यानाकर्षण गराइएको छ।

सभापति शेरबहादुर देउवाले संविधान संशोधनमा उपराष्ट्रपतिको भूमिकाबारे छलफल हुन सक्ने र गठबन्धन स्थिर रहने दाबी गर्नुभयो। अन्य नेताहरूले आन्तरिक एकता, महाधिवेशनको समय, अनुशासन र नेतृत्व हस्तान्तरणबारे धारणा राखे।