अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १४ देशका सामानमा करको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १४ देशका सामानमा करको घोषणा

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापान र दक्षिण कोरियालगायत १४ देशबाट आयात हुने सामानमा आगामी अगस्टदेखि लागु हुने गरी नयाँ आयात करको घोषणा गरेका छन्।

ट्रम्पको अनुसार, जापान र दक्षिण कोरियाबाट आउने सामानमा २५ प्रतिशत आयात कर लगाइनेछ। साथै, उनले १ अगस्टदेखि अन्य देशहरूका लागि पनि करको नयाँ मापदण्ड तय गरिने चेतावनी दिएका छन्।

ट्रम्पले सामाजिक सञ्जालमार्फत करको नयाँ योजना सार्वजनिक गर्दै लेखेका छन्, “हाम्रो सम्बन्धको उतारचढावअनुसार कर बढी वा कम हुन सक्छ।” उनले यो कदमले अमेरिकी घरेलु उत्पादनलाई प्रवर्द्धन गर्ने दाबी गरेका छन्। तर विश्लेषकहरूका अनुसार यसले व्यापारमा गिरावट ल्याउने सम्भावना छ र सेयर बजारमा पनि अस्थिरता देखिन सक्छ। सोमबार टोयोटाको सेयर मूल्य चार प्रतिशतले घटेको थियो।

गत वर्ष जापानले अमेरिका निर्यात गरेको सामानको कुल मूल्य १४८ अर्ब डलर थियो, जसले जापानलाई अमेरिकाका प्रमुख निर्यातकर्ता देशहरूमध्ये पाँचौँ स्थानमा राखेको छ। युरोपेली युनियन, मेक्सिको, चीन र क्यानडा जापानभन्दा अगाडि छन्। दक्षिण कोरिया पनि शीर्ष १० निर्यातकर्ता देशमा पर्छ।

ट्रम्पले सोमबार सार्वजनिक गरेको करको दायरा अनुसार म्यानमारबाट आउने सामानमा ४० प्रतिशत, कम्बोडिया र थाइल्यान्डका सामानमा ३६ प्रतिशत, सर्बिया र बङ्गलादेशका सामानमा ३५ प्रतिशत कर लगाइनेछ।

इन्डोनेसियाबाट आयात हुने सामानमा ३२ प्रतिशत, दक्षिण अफ्रिकाबाट ३० प्रतिशत, भने मलेसिया र ट्युनिसियाका सामानमा २५ प्रतिशत आयात कर लगाइनेछ।

ट्रम्पले अन्य देशहरूको व्यापार नीतिले अमेरिकालाई घाटा पुर्‍याएको भन्दै, त्यसको समीक्षा गर्दै आवश्यक कदम चाल्ने बताएका छन्।

त्यसैबीच, अमेरिका अहिले बेलायत र भियतनामसँग व्यापार वार्तामा संलग्न छ भने चीनसँग पनि वार्ताको तयारी भइरहेको छ। अर्कोतर्फ, अमेरिका भारतसँग आफ्नो सम्बन्ध अझ नजिक बनाउँदै गएको छ।