देशको विकास बाह्य सहयोगले होइन आफ्नै पौरखले हुने हो : प्रधानमन्त्री ओली

देशको विकास बाह्य सहयोगले होइन आफ्नै पौरखले हुने हो : प्रधानमन्त्री ओली

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बाह्य सहयोगले मात्रै देश विकास नहुने बताउनुभएको छ ।

सोमबार काठमाडौंमा नेकपा एमालेको पर्यटन तथा नागरिक उड्डयन विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बाह्य सहयोगले मात्रै देश विकास हुने नभएर देश आफ्नै पौरखले विकास हुने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले नेपाल पौरखी जनता भनेर दुनियाँमा प्रसिद्ध देश भएको जिकिर गर्नुभयो । अरुले सहयोग नगर्दा पनि चीन जस्तो जनसंख्या र भूगोलले ठूलो भएको देश बन्ने तर नेपाल नबन्ने भन्ने नहुने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले नेपालमा केही विपरित कुराहरु भइरहेको बताउनुभयो ।