काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालकी सांसद रेखा यादवले सरकारले सुशासन र आर्थिक सुधारका आफ्ना बाचा पूरा गर्न नसकेको आरोप लगाएकी छिन्।
संसद भवन परिसरमा सोमबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद यादवले सरकारले सार्वजनिक रूपमा गरेका बाचा व्यवहारमा लागू नगर्नु अत्यन्तै निराशाजनक भएको बताइन्। उनले हालैका विवाद—जस्तै ‘कुलिङ अफ पिरियड’ प्रकरण र भिजिट भिसा काण्ड—ले देशलाई अराजकतर्फ डोर्याइरहेको टिप्पणी गरिन्।
“सरकारको निर्णय र क्रियाकलापले लोकतान्त्रिक प्रणालीप्रति जनताको विश्वास खस्कँदै गएको छ,” उनले भनिन्, “त्यसैले अहिलेको अवस्थामा सरकारलाई समर्थन दिन सकिँदैन।”
सांसद यादवले सरकारको जवाफदेही कमजोर भएको र सत्ता पक्ष आफैंले बनाएका मापदण्डहरू पालना नगरेको आरोप पनि लगाइन्।



प्रतिक्रिया