धादिङको त्रिशूली नदी किनारमा दुई पुरुषको शव फेला

धादिङको त्रिशूली नदी किनारमा दुई पुरुषको शव फेला

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धादिङ । धादिङको त्रिशूली नदी किनारमा मङ्गलबार बिहान दुई जनाको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार शवहरू गल्छी गाउँपालिका–२ क्यरेनीटार र गजुरी गाउँपालिका–६ बेल्खुस्थित त्रिशूली नदीको किनारमा फेला परेका हुन्।

डिएसपी सुवास हमालका अनुसार शवहरू पुरुषको हुन् र उनीहरूको मृत्यु हालै भएको देखिन्छ। शवको अवस्था हेर्दा आकस्मिक घटना हुनसक्ने अनुमान गरिएको छ। घटनाको थप अनुसन्धानका लागि प्रहरी टोली घटनास्थलमा खटिएको जानकारी डिएसपी हमालले दिनुभयो।

नदीमा आएको बाढीपछि शव फेला परेकोले घटनाको कारण पत्ता लगाउन अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।