काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता साझेदार प्रमुख दुई दलका शीर्ष नेताहरूबीच मङ्गलबार बालुवाटारमा महत्वपूर्ण छलफल भएको छ।
प्रधानमन्त्री निवासमा बसेको बैठकमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक तथा नेकपा (एमाले)का महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णुप्रसाद रिमाल सहभागी थिए।
बैठकमा हालको राजनीतिक अवस्था, सत्तारूढ गठबन्धनको सहकार्य, नीति तथा कार्यक्रमको कार्यान्वयन लगायतका विषयमा छलफल भएको स्रोतले जनाएको छ।
छलफलको विस्तृत विवरण भने औपचारिक रूपमा सार्वजनिक गरिएको छैन।



प्रतिक्रिया