सभापति देउवाको आग्रह : “उद्धार र राहतमा सक्रिय सहभागिता जनाउनुस्”

सभापति देउवाको आग्रह : “उद्धार र राहतमा सक्रिय सहभागिता जनाउनुस्”

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले हालैको बाढीले क्षति पुर्‍याएको क्षेत्रहरूमा उद्धार तथा राहत कार्यमा सक्रिय हुन कार्यकर्तालाई आग्रह गर्नुभएको छ।

सभापति देउवाले मङ्गलबार सामाजिक सञ्जालमार्फत रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख प्रकट गर्दै नेपाली कांग्रेसका सम्पूर्ण संरचना र कार्यकर्तालाई उद्धार तथा राहतमा जुट्न अपिल गर्नुभएको हो।

उहाँले सरकारलाई राहत सामग्रीको तत्काल र प्रभावकारी वितरण सुनिश्चित गर्न आग्रह गर्नुभएको छ। रसुवामा आएको बाढीका कारण हालसम्म ६ जना चिनियाँ नागरिकसहित १८ जना हराइरहेका छन् भने ९ जनाको सकुशल उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ।

सभापति देउवाले विपद् प्रभावित नागरिकप्रति सहानुभूति प्रकट गर्दै यथासक्य सहयोग गर्न सबै पक्षसँग आग्रह गर्नुभएको छ।