लिटिल मिस एन्जल र लिटिल मास्टर नेपालको उपाधि थापा र गुरुङलाई

लिटिल मिस एन्जल र लिटिल मास्टर नेपालको उपाधि थापा र गुरुङलाई

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । छैटौँ संस्करणको लिटिल मिस एन्जल नेपाल र लिटिल मास्टर नेपालको उपाधि घोषणा गरिएको छ । शनिबार राष्ट्रिय नाचघर जमलमा आयोजित कार्यक्रममा मायरा थापाले ‘लिटिल मिस एन्जल नेपाल’ तथा कृष्ण गुरुङले ‘लिटिल मास्टर नेपाल’ को उपाधि जितेका हुन्।

कलाश इभेन्ट्सले आयोजना गरेको प्रतियोगितामा देशभरबाट २५ जना बालबालिकाले भाग लिएका थिए। उनीहरूले आफ्नो सिर्जनात्मकता, आत्मविश्वास र प्रतिभा प्रदर्शन गरेका थिए। कार्यक्रम अन्तर्गत बृहत् ग्रूमिङ सेसन, विभिन्न प्रतिभा प्रस्तुतिहरू र अन्तरक्रियात्मक सत्रहरू आयोजना गरिएको थियो।

पहिलो उपविजेता महिमा आचार्य र निश्चल पौडेल तथा दोस्रो उपविजेता प्रिन्शा अर्याल र सुप्रिम पन्त बने। कार्यक्रममा निर्णायक मण्डलको रूपमा एड्भेन्ट मिडियाका निर्देशक बिबेक श्रेष्ठ, मोटिभेशनल स्पिकर प्रकाश केसी, फेसन डिजाइनर डिना गुरुङ, गायिका एञ्जेला श्रेष्ठ र रजिना रिमाल उपस्थित थिए।

‘बाध्य सम्राट्’ न्हुच्छे बहादुर डङ्गोल प्रमुख अतिथिको रूपमा सहभागी भएको कार्यक्रममा समाजसेवी सुरबहादुर श्रेष्ठले अध्यक्षता गरेका थिए। विशेष विधामा विभिन्न प्रतिभाशाली बालबालिकाहरूलाई सम्मान गरियो। सुबिदा गिरी र हर्षिद ओझा लाई ‘सर्वोत्कृष्ट शैक्षिक’ पुरस्कार प्रदान गरियो भने ‘सर्वोत्कृष्ट तस्बिर’, ‘मल्टिमिडिया’, ‘व्यक्तित्व’, ‘अनुशासन’, ‘नेतृत्व’, ‘बौद्धिक प्रतिभा’ लगायत विभिन्न विधामा समेत पुरस्कार वितरण गरिएको थियो।

कार्यक्रमका प्रबन्ध निर्देशक वर्षा महर्जन र अध्यक्ष सञ्जय महर्जनले सहभागी, अभिभावक, निर्णायक र सम्पूर्ण सहयोगीलाई धन्यवाद दिँदै सबैको सहयोगले कार्यक्रम सफल भएको बताएका छन्।