रसुवा बाढी : बेपत्ता १८ जनाको पहिचान सार्वजनिक (सूचीसहित)

रसुवा बाढी : बेपत्ता १८ जनाको पहिचान सार्वजनिक (सूचीसहित)

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रसुवा । गोसाइकुण्ड गाउँपालिका–२ स्थित रसुवागढी क्षेत्रमा मङ्गलबार बिहान करिब ३ बजेतिर आएको भीषण बाढीमा बेपत्ता भएका सबै १८ जनाको पहिचान खुलेको छ।

सशस्त्र प्रहरी बलका सह–प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) शैलेन्द्र थापाका अनुसार बेपत्ताहरूमा ३ जना प्रहरी, ६ जना चिनियाँ नागरिक, ३ जना गाडी चालक तथा अन्य नेपाली श्रमिक र यात्रुहरू रहेका छन्।

त्यसैगरी, उत्तरगया गाउँपालिका–५ स्थित उत्तरगयाधामको खोला किनारमा एउटा दाहिने खुट्टा फेला परेको जानकारी पनि प्रहरीले दिएको छ। पहिचान खुलाउन डीएनए परीक्षणको तयारी भइरहेको छ।

हाल इलाका प्रहरी कार्यालय कालिकास्थानबाट उद्धार टोली परिचालित गरिएको छ र खोजी कार्य जारी छ। बेपत्ता भएका प्रहरीहरू इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत थिए।

🔻बेपत्ता ३ जना प्रहरी:
लालबहादुर श्रेष्ठ – प्रहरी सहायक निरीक्षक

मुन्ना ठाकुर – प्रहरी जवान

लोकेन्द्र बोहोरा – प्रहरी जवान

🔻बेपत्ता ९ जना नेपाली नागरिक:
फुर्वा लामा

गोविन्द मोक्तान

लोकमान तामाङ

जिपन चौधरी

सन्तोष दइत

बुद्धिराम थारू

लक्ष्मीनारायण थारू

सुरेश थारू

नरेन्द्र विक

🔻बेपत्ता ६ जना चिनियाँ नागरिक:
यु युइ

ली हुवाछिन

याङ चुआन

यु हाइ हाङ

यु छिआओ छुइ

जोउ योङ

प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीले खोज तथा उद्धार कार्य तीव्र पारेका छन्। बाढीबाट प्रभावित क्षेत्रको जोखिम अझै टरेको छैन। स्थानीय प्रशासनले सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ।