काठमाडौं । विशाल शाहीको दुई गोलको मद्दतमा जावलाखेल युथ क्लबले एन्फा यु–१६ लिगमा विभागीय टोली त्रिभुवन आर्मी क्लबमाथि रोमाञ्चक जित हात पारेको छ।
मंगलबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा जावलाखेलले ३–२ को नजिकको जित हासिल गर्यो। यो जितसँगै जावलाखेलले दुई खेलबाट तीन अंक जोडेको छ भने आर्मी क्लब पनि समान खेलबाट तीन अंकमै सिमित छ।
जावलाखेलका विशाल शाहीका अलावा प्रिन्स भुजेलले पनि एक गोल गरेका थिए। आर्मीका तर्फबाट नीरज अधिकारी र सोहित वाइबाले गोल फर्काएका थिए।



प्रतिक्रिया