रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले खाद्य सुरक्षामा दीर्घकालीन असर पारेको छ : कृषि मन्त्री अधिकारी

रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले खाद्य सुरक्षामा दीर्घकालीन असर पारेको छ : कृषि मन्त्री अधिकारी

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले रासायनिक मल र विषादीको अनियन्त्रित र अवैज्ञानिक प्रयोगले नेपालको कृषि प्रणाली र खाद्य सुरक्षामा गम्भीर र दीर्घकालीन असर पुर्‍याएको बताएका छन्।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले जलवायु परिवर्तन, जैविक स्रोतको ह्रास, रासायनिक निर्भरता र वातावरणीय असन्तुलनले देशको कृषि क्षेत्र थप संकटतर्फ धकेलिएको स्पष्ट पारे।

उनले भने, “हाम्रो कृषि क्षेत्र जलवायु जोखिमप्रति अत्यन्त संवेदनशील छ। त्यसैले अबको नीति निर्माणमा हरित कृषि, जैविक खेती, वातावरणमैत्री प्रविधि र नवीन कृषि प्रणालीलाई प्राथमिकता दिनुपर्ने बेला आएको छ।”

मन्त्री अधिकारीका अनुसार अबको कृषि विकासको आधार हरित अर्थतन्त्र हुनुपर्छ, जसमा नवीकरणीय ऊर्जा, जल व्यवस्थापन, र युवा नेतृत्वको समावेशी सहभागिता सुनिश्चित गरिनुपर्छ।

उनले आगामी नीति, बजेट र कार्यक्रमहरूमा हरित दृष्टिकोणलाई मूल नाराका रूपमा अगाडि बढाउने आवश्यकतामा जोड दिए। “आजको हाम्रो सबैभन्दा ठूलो पुँजी भनेको ज्ञान र नीति हो, त्यसको सही प्रयोगमार्फत मात्र दिगो कृषि सुनिश्चित गर्न सकिन्छ,” मन्त्री अधिकारीले भने।