सिटिजन्स सदावहार योजनाको इकाइ खरिद अवधि बढ्यो

सिटिजन्स सदावहार योजनाको इकाइ खरिद अवधि बढ्यो

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सिटिजन्स क्यापिटलले असार १३ देखि सार्वजनिक निष्कासनमा ल्याएको सामूहिक लगानी कोष सिटिजन्स सदावहार योजनाको इकाइमा असार २७ सम्म आवेदन सकिने भएको छ ।

कम्पनीले प्रतिइकाइ १० रुपैयाँ अंकित दरका ५ करोड इकाइमध्ये बिउपुँजीबापत न्यूनतम ७५ लाख इकाइ अर्थात् कुल संख्याको न्यूनतम १५ प्रतिशत इकाइ कोष प्रवर्द्धक सिटिजन्स बैंक इन्टरनेसनललाई सुरक्षित राखेर बाँकी न्यूनतम ४ करोड २५ लाख इकाइ निष्कासनमा ल्याएको छ ।

सिटिजन्स म्युचुअल फन्डअन्तर्गत सञ्चालन हुने यो खुलामुखी योजना हो । योजनाको कुल आकार ५० करोड छ । योजनाको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल रहेको छ ।