रसुवाको बाढीले सवारीसाधन आपूर्तिमा गम्भीर अवरोध, चाडपर्व नजिकिँदै जाँदा समस्या थपिने नाइमाको चेतावनी

रसुवाको बाढीले सवारीसाधन आपूर्तिमा गम्भीर अवरोध, चाडपर्व नजिकिँदै जाँदा समस्या थपिने नाइमाको चेतावनी

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले रसुवागढी नाकामा हालै आएको बाढीले सवारीसाधन आपूर्तिमा गम्भीर अवरोध सिर्जना गरेको भन्दै गहिरो चिन्ता व्यक्त गरेको छ।

बुधबार जारी एक विज्ञप्तिमा नाइमाकी अध्यक्ष ऋतु सिंह वैद्यले बाढीका कारण मितेरी पुल बग्दा नेपालको प्रमुख सवारी आयात मार्ग पूर्ण रूपमा अवरुद्ध भएको जनाएकी छिन्।

उनका अनुसार नेपालमा भित्रिने सवारीसाधनमध्ये ६० प्रतिशतभन्दा बढी रसुवागढी नाकाबाट आयात हुने गर्दछ। तर पुल बगाएपछि चिनियाँ भन्सारबाट क्लियर भइसकेका गाडीहरू समेत नेपाल प्रवेश गर्न सकेका छैनन्।

विज्ञप्तिमा उल्लेख गरिएको छ, “यस घटनाले आयातकर्तालाई आर्थिक क्षति पुर्‍याउनुका साथै चाडपर्वको तयारी गरिरहेका उपभोक्ता र बजार प्रणालीमा प्रत्यक्ष असर पारेको छ।”

नाइमाले सरकार र सम्बन्धित निकायलाई उद्धार, राहत, पुनःस्थापना तथा पूर्वाधार पुनर्निर्माणलाई उच्च प्राथमिकतामा राख्न आग्रह गरेको छ। साथै, तत्कालको समस्या समाधानका लागि आवश्यक समन्वय र सहयोग गर्न आफूहरू सधैं तत्पर रहेको पनि स्पष्ट पारेको छ।